२२ माघ, २०८१ मंगलबार
11:52:05 AM
२२ पुस, २०७८
पुस २२, हुम्ला
हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा ७ लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राती चुलोमा बालिएको आगो सल्केर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा कुखुरासमेत जलेर नष्ट भएको पीडित शाहीकी श्रीमती धनुले गुनासो गर्नुभयो । सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको धनमाल क्षति भएको प्रहरी अनुसन्धानमा देखिएको छ ।
रासस