१७ बैशाख, २०८१ सोमबार

03:05:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओमिक्रोनका कारण हलिउडको ‘६४ औँ ग्रैमी अर्वाड’ स्थगित

२२ पुस, २०७८

ओमिक्रोनका कारण हलिउडको ‘६४ औँ ग्रैमी अर्वाड’ स्थगित


केहि समय सिथिल देखिएको कोरोना भाइरसले विश्वभर नै तिव्र रुप लिइरहेको छ। अहिले विश्व नै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको आतंकबाट प्रताडित छ। लगातार  ओमिक्रोनका केसहरु बढिरहेका छन्। बढ्दो केसहरुलाई मध्यनजर गर्दै अमेरिकाको लस एन्जलसमा आयोजित हुने ‘६४ औँ गै्रमी अर्वाड २०२२’ शो स्थगित भएको छ।

सो कार्यक्रम यहि जनवरी ३१ तारिखमा हुन गइरहेको थियो। तर कोरोना महामारीका कारण स्थगित गरिएको हो। कार्यक्रम आयोजना हुने अर्को मिति भने छिट्टै तोकिने रेकडिङ ऐकेडेमिक÷ग्रैमीको ट्वीटर मार्फत जानकारी दिइएको छ।

आयोजक समिति ‘द रेर्कडिङ ऐकेडेमी÷ग्रैमी’ ले ओमिक्रोन भेरियन्टको खतरालाई मध्यनजर गर्दै स्थगित गरिएको जानकारी दिएको छ। एकेडेमिका अनुसार यस कार्यक्रमले ओमिक्रोनको संक्रमण बढ्न सक्छ।

एकेडेमीको आधिकारीक ट्वीटरमा लेखिएको छ, ‘स्वास्थ्य तथा सुरक्षा विशेषज्ञ, सहर तथा राज्यका आधिकारी, आर्टिष्ट कम्युनिटी र हाम्रा पार्टनरहरुसँग छलफल गरेर रेर्कडिङ एकेडेमी र सीबीएनले ६४ औँ ग्रैमी अर्वाड शोलाई पोस्टपोन गरेका हौँ। तर हामी छिट्टै नै नयाँ मिति सार्वजनिक गर्नेछौ।’
एजेन्सी