१९ माघ, २०८१ शनिबार

11:44:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आकाशमै इन्धन सकिएपछि प्रधानमन्त्री चढेको हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

३ असार, २०७९

शुक्रबार प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी जानुभएको थियो ।

आकाशमै इन्धन सकिएपछि प्रधानमन्त्री चढेको हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टरमा इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण भएको छ ।

शुक्रबार प्रधानमन्त्री देउवा नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी जानुभएको थियो ।

तर उहाँ चढेको हेलिकप्टर उड्दा उड्दै आकाशमा इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको हो । करिब २० मिनेट भैरहवा बसाईपछि प्रधानमन्त्री देउवा धनगढी प्रस्थान गर्नुभएको छ ।