१९ माघ, २०८१ शनिबार

11:40:54 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भ्रष्टाचारको आरोपमा वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

३ असार, २०७९

निज भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि

भ्रष्टाचारको आरोपमा वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले भष्टाचार गरेको आरोपमा झापाका तत्कालिन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालत काठमाण्डौं मुद्दा दायर गरेको छ। 

झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका वरिष्ठ व्यवस्थानपन सहायक भण्डारीले पदको दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगले अनुसन्धान गर्दा सम्पत्तिको स्रोत नखुलेको आयोगले जनाएको छ । 

आयोगका अनुसार निज भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निज भिमकान्त भण्डारीलाई बिगो ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुन र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफततर्फ ऐनको दफा ४७ बमोजिम बिगो  ६ करोड २४ लाख ४ रुपैयाँ ४४ पैसा निजको नाममा रहेको सम्पत्तिबाट ६ करोड ६ लाख ४१ हजार ८ सय १३ रुपैयाँ ९१ पैसा र अपुग बिगो निजकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट १७ लाख ६२ हजार १९२ रुपैयाँ ५३ पैसा समेत जम्मा ६ करोड २४ लाख ४ सय ६ रुपैयाँ ४४ पैसा जफत गर्न मागदावी लिई शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।