२३ फागुन, २०८१ शुक्रबार

10:52:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसपिपीमा आबद्ध हुन सकिदैँन, सम्झौता गर्न लागेको भनिएको १० बुँदे पत्र पूरै गलतः प्रधानसेनापति शर्मा

३ असार, २०७९

सो अवसरमा प्रधानसेनापति शर्माले भोलि असार ४ गतेदेखि आफूले गर्न लागेको लेबनान, सिरिया र अमेरिकाको भ्रमणका सम्बन्धमा समितिलाई जानकारी गराउनुभएको थियो ।

एसपिपीमा आबद्ध हुन सकिदैँन, सम्झौता गर्न लागेको भनिएको १० बुँदे पत्र पूरै गलतः प्रधानसेनापति शर्मा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गर्नुभएको छ ।

उहाँले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपद्मा मानवीय र गैरसैनिक सहयोगका लागि सरकारको स्वीकृतिमा पत्राचार गरेको र सहयोग पनि लिएको तर पछि सन् २०१९ पछि एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’को अङ्ग हुने भनिएपछि यसमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई पत्राचार गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज (शुक्रबार) को बैठकमा उहाँले केही दिनअघि नेपाल भ्रमणमा आउनुभएका अमेरिकी सैनिकका एशिया प्यासिफिक प्रमुखसँगको भेटमा पनि आफूहरु एसपिपीमा आबद्ध हुन नसक्ने स्पष्ट कुरा राखेको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जाल र केही मिडियामा देखिएको नेपालले सम्झौता गर्न लागेको भनी सार्वजनिक एसपिपीको १० बुँदे पत्र पूरै गलत भएको बताउनुभयो ।

सो अवसरमा प्रधानसेनापति शर्माले भोलि असार ४ गतेदेखि आफूले गर्न लागेको लेबनान, सिरिया र अमेरिकाको भ्रमणका सम्बन्धमा समितिलाई जानकारी गराउनुभएको थियो ।

साथै उहाँले भ्रमणका क्रममा आफ्ना तर्फबाट कुनै सम्झौता नहुनेसमेत स्पष्ट पार्नुभयो । उहाँले नेपाली सेना मुलुकको परराष्ट्र नीति र जनहितका आधारमा मात्र सञ्चालन हुने पनि सो समितिमा स्पष्ट गर्नुभयो ।