७ मंसिर, २०८१ शुक्रबार
07:25:39 PM
३ असार, २०७९
समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतबार समितिको बैठकमा बोलाएको छ ।
काठमाण्डौं । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारसाग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सँग सम्बन्धित कागपत्र माग गरेको छ ।
शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति पर्भुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको हो ।
समिति सभापति पवित्रा निरौला खरेलले परराष्ट्र नीति विपरीत गएर कुनै पनि सैन्य एवं सामरिक महत्वका विषयमा नेपालले सहभागिता जनाउन नहुने सरकारलाई सचेत गराइएको पनि जानकारी दिनुभयो।
समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत आउँदो आइतबार समितिको बैठकमा बोलाएको छ ।