७ मंसिर, २०८१ शुक्रबार

06:53:45 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एसपीपी सम्झौता खारेज हुनेः अध्यक्ष दाहाल

Nepal Business

३ असार, २०७९

एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उहाँले आरोप लगाउनु भयो ।

एसपीपी सम्झौता खारेज हुनेः  अध्यक्ष दाहाल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताउनु भएको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा सो कुरा गर्दै उहाँले एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताउनु भएको हो।

उहाँले भन्नुभयो, एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौं तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ । एमसीसी र एसपीपी दुवै परियोजना पूर्व प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको उहाँले आरोप लगाउनु भयो ।  

अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि भन्ने पत्रकारको प्रश्नमाउहाँले तत्काल गठबन्धन हेरफेर नहुने बताउनु भयो। उहाँले भन्नुभयो, अहिले गठबन्धन जे हो त्यही हुन्छ । पार्टीका एक÷दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उहाँले अहिले पार्टीमा त्यस्तो नभएको बताउनु भयो ।