२० माघ, २०८१ आइतबार

02:37:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सहमतिपछि निहारिकाको अनसन तोडियो

Nepal Business

३ असार, २०७९

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिकालगायतले हस्ताक्षर गर्नुभएको छ

सहमतिपछि निहारिकाको अनसन तोडियो

काठमाडौँ, 

न्यायको माग गर्दै जेठ २७ देखि काठमाडौँमा आमरण अनसनमा बसेकी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ निवासी सोनाली कुमारी सिह ((निहारिका राजपुत) र सरकारकारबीच ५ बँुदे सहमति भएको छ । 

राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गएराती उहाँले अनसन तोड्नुभएको हो ।

राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गएराती उहाँले अनसन तोड्नुभएको हो ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायका कानुन पीडितमैत्री बनाउन पहल गर्नेलगायतका सहमति भएको छ ।

सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिकालगायतले हस्ताक्षर गर्नुभएको छ ।