बरामद खैरो हिरोइनको अवैध बजार मूल्य १ अर्ब २ करोड रहेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताउनु भएको छ ।
काठमाण्डौं । विश्वकै महँगो लागूऔषध मध्येको मानिने लागूऔषध खैरो हेरोइन काठमाडौंबाट ठूलो परिमाणमा बरामद भएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंले चलाएको ‘अपरेशन ह्वाइट डस्क’मार्फत ५१ किलो हेरोइनसहित ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको हो ।
उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य १ अर्ब २ करोड रहेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताउनु भएको छ ।
उनका अनुसार दक्षिण अफ्रिकाबाट आएका केही महिलाले पटकपटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका कारण क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा उनीहरु पक्राउ गरेका हुन् ।
पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।