७ मंसिर, २०८१ शुक्रबार

07:21:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सांसदहरुको बहिष्कारकाबीच ‘विनियोजन विधेयक २०७९’ पारित

Nepal Business

२ असार, २०७९

 सांसदहरुको बहिष्कारकाबीच ‘विनियोजन विधेयक २०७९’ पारित

काठमाण्डौं । नेकपा एमालेका सांसदहरुको बहिष्कारकाबीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरुले सदन बहिष्कार गरेका थिए । त्यसलगतै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको विघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताउनुभयो ।

बैठकले विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो ।