१६ कार्तिक, २०८१ शुक्रबार

01:11:14 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

असङ्लग्न नीतिलाई कमजोर बनाउनेगरी कुनै सम्झौता गर्न नहुने

Nepal Business

२ असार, २०७९

असङ्लग्न नीतिलाई कमजोर बनाउनेगरी कुनै सम्झौता गर्न नहुने

काठमाण्डौं । नेकपा (एमाले)का सांसद ईश्वर पोखरेलले देशको असङ्लग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताउनुभएको छ ।
उहाँले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गर्नुभयो । 

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका  सांसद पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम (एसपिपी) राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताउनुभयो । 

उहाँले आपूm उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाइ अस्विकार गरेको दाबी गर्नुभयोे। 

उहाँले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाउनुभयो । 

उहाँले सन् २०१५ र २०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट गर्नुभयो । उहाँले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताउनुभयो । 

बैठकमा सांसद दुर्गा पौडेलले एसपिपी मुलुकको पक्षमा नरहेको उल्लेख गर्दै त्यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । यसले देशमा गम्भिर खतरा उत्पन्न भएको सङ्केत मिलेकाले त्यसलाइ अस्विकार गरेर अघि बढ्न आग्रह गर्नुभयो ।