७ मंसिर, २०८१ शुक्रबार

08:09:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकाको एसपीपीमा नेपाल संलग्न छैन, हुँदैनः गृहमन्त्री खाँण

Nepal Business

२ असार, २०७९

नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै नसक्ने गृहमन्त्रीले बताउनु भयो ।

अमेरिकाको एसपीपीमा नेपाल संलग्न छैन, हुँदैनः गृहमन्त्री खाँण

काठमाण्डौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ ।

रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले भन्नुभयो, स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन । संलग्न हुने सोच पनि छैन । नेपाल सरकारको तर्फबाट निवेदन गर्न चाहन्छु, नेपालको कुनै संलग्नता छैन ।

नेपाल कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्नै नसक्ने गृहमन्त्रीले बताउनु भयो ।  

प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताउनु भयो । २०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उहाँले भन्नुभयो, स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन ।

नेपाल शान्ति सेनाको दोस्रो स्थानमा रहेकाले त्यसरी खटिने क्रममा सिप आदानप्रदान गर्नु स्वाभाविक भएको उहाँले बताउनु भयो । तर सैन्य गठबन्धनमा सहभागी हुन नसक्ने भन्दै उहाले बताउनु भयो ।

 तर नेपाली सेनाले वा नेपाल सरकारले अर्को सेनासँँग सैन्य सन्धि गरेर सेना आउने, नेपालको भूभागमा अर्को देशको सेना आउने, टुँडिखेलमा आएर परेड खेल्ने हुन सक्दैन । यसमा सहमति छैन । हुनै सक्दैन ।