२० माघ, २०८१ आइतबार

02:36:07 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

६ जना विरुद्ध विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

२ असार, २०७९

६ जना विरुद्ध विशेष अदालत काठमाण्डौंमा भ्रष्टाचार मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षसमेत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले बिहीबार जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्याल, इन्जिनियर सुरेश पौडेल र असिस्टेन्ट सब–इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द्र यादव, उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषध्यक्ष अनुषा लामा उपर उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेकाले विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । 

उनीहरुले बलेफी तेम्बाथान सडक कटिङ समेतको कार्य गर्न जुगुल गाउँपालिकाबाट विनियोजित रकमबाट उपभोक्ता समितिमार्फत मानिस÷लेबर लगाई कार्य सम्मन्न गर्ने गरी तयार भएको लागत बमोजिम उपभोक्तासमितिसँग सम्झौता लागत अनुमान र सम्झौता विपरित उपभोक्ताबाट उक्त कार्य लेबरबाट सम्पन्न नगरी झुट्टा डोजरहाजिर गलत नापी किताब र कार्य सम्मन्न प्रतिवेदन समेतका कागजजातहरु तयार गरी सो कागजातहरु स्वीकृत गराई गाउँ कार्यपालिकाबाट ३६ लाख ४९ हजार १८ सय ९९ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना बिगो समेत उसुलउपर हुन र निजहरुको कामको गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने गराउने कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा (२) विरितको कार्य भएकाले सोही एनेको दफा १९ उपदफा (२) बमोजिम कैद र जरिवाना हुन समेत माग दावी दिइएको छ ।