४ जेठ, २०८१ शुक्रबार

07:52:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्याज र लसुनमा १ रुपैयाँ अनुदान

२ असार, २०७९

‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो १ रुपैयाँका दरले अनुदान दिइनेछ, ।’

प्याज र लसुनमा १ रुपैयाँ अनुदान

हेटौडा । बागमती प्रदेश सरकारले प्याज र लसुन उत्पादन गर्ने किसानलाई प्रतिकिलोमा १ रुपैयाँ अनुदान दिने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बजेटमार्फत उक्त अनुदान दिने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्याज र लसुनको प्रवर्द्धनका लागि १० क्विन्टल बढी उत्पादन गर्ने किसानलाई प्रतिकिलो १ रुपैयाँका दरले अनुदान दिइनेछ, ।’