२१ बैशाख, २०८१ शुक्रबार

11:51:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकामा ३० वर्ष यताकै उच्च व्याजदर, उत्पादन क्षेत्र थप खुम्चने

Nepal Business

२ असार, २०७९

फेडरल रिजर्भ बैंकले १.५ देखि १.७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको छ ।

अमेरिकामा ३० वर्ष यताकै उच्च व्याजदर, उत्पादन क्षेत्र थप खुम्चने

एजेन्सी । अमेरिकामा व्याजदर तीस वर्ष पछिकै उच्च भएको छ । केन्द्रीय बैंकले तीस वर्षमा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा गरेको हो।

फेडरल रिजर्भ बैंकले १.५ देखि १.७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको छ । गत महिना अप्रत्याशित रूपमा अमेरिकामा मुद्रास्फीति बढेपछि मार्चयताको यो तेस्रो यस्तो वृद्धि हो ।

यसरी व्याजदर बढेसँगै अर्थतन्त्रले सामना गरिरहेको अनिश्चितता थप बढ्ने ठानिएको छ । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो ।

गएको मार्च महिनामै पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महँगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अर्थविद्हरुले बताएका छन् ।

यो वर्षको अन्त्यसम्ममा बैंकले फेडरल रिजर्भ बैंकबाट सापटी लिँदा ३.४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने जनाइएको छ । यसले नागरिकले पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ ।

विश्वभरका केन्द्रीय बैंकले पछिल्लो समय ब्याजदर बढाउने निर्णय गरिसकेका छन् । जसका कारण विश्वभर नै आर्थिक व्यवस्था प्रभावित हुने देखिएको छ ।