२२ माघ, २०८१ मंगलबार

11:32:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

'गुुजरात ग्लोबल समिट'मा भाग लिन प्रम देउवा आइतबार भारत जाने

Nepal Business

२१ पुस, २०७८

'गुुजरात ग्लोबल समिट'मा भाग लिन प्रम देउवा आइतबार भारत जाने

२१ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा 'गुजरात ग्लोबल समिट'मा सहभागी हुन आइतबार भारत भ्रमणमा जानुहुने भएको छ ।

उहाँसँग २५ सदस्यीय टोली भारत जान लागेको हो । उहाँको भ्रमण चार दिनको हुनेछ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले उहाँको भारत भ्रमण कार्यक्रम अनुमोदन गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ । उहाँसँग २५ सदस्यीय टोली भारत जान लागेको हो । उहाँको भ्रमण चार दिनको हुनेछ ।

भ्रमणका क्रममा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा भेटवार्ताका क्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिनुभएको थियो ।