२२ बैशाख, २०८१ शनिबार

08:56:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

होटल संघद्धारा सम्पत्ति करमा ९० प्रतिशत छुटको माग

Nepal Business

२ असार, २०७९

कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने

होटल संघद्धारा सम्पत्ति करमा ९० प्रतिशत छुटको माग

काठमाण्डौं । होटल संघ नेपालले काठमाण्डौं महानगरपालिकालाई सम्पत्ति करमा ९० प्रतिशत छुट गरिदिन माग गरेको छ । 

काठमाण्डौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा होटल संघले महानगरपालिकाले लगाउँदै आएको एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट तथा व्यवसाय करमा शतप्रतिशत छुट उपलब्ध गराई पर्यटन तथा होटल उद्योगको जगेर्ना गर्न माग गरेको हो । 

होटल संघका अनुसार कोभिड–१९ का कारण अति प्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पुरानै लयमा फर्कन अझै केही समय लाग्ने विज्ञहरुको प्रक्षेपण रहेको छ । 

राज्यको आर्थिक गतिविधि चलायमान बनाउने, बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पु¥याउने होटल उद्योगलाई बचाई राख्न राज्यको पनि दायित्व रहेको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।  

घर जग्गा कर ऐन २०१९ को दफा १२  वमोजिम होटलको ग्राहक बस्ने, खाने खास घर जग्गा, सवारी साधानको पार्किड. स्थान र बागबगैचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेको ज्ञापन पत्रमा उल्लेख छ । 

तर, एकीकृत सम्पत्ति कर २०७४ मा होटलहरुले ओगटेको सवै संरचनामा सम्पत्ति कर लगाई करिब १५ सय प्रतिशत भन्दा बढी करको भार थाम्न नसक्ने गरी बढाइएकोमा संघले विरोध गरेको छ । 

आर्थिक वर्ष २०७५÷०७६ मा ६५ प्रतिशत, आ.व. २०७६÷०७७ मा ७५ प्रतिशत, २०७७÷०७८ मा ७५ प्रतिशत र २०७८÷०८९ का लागि ८० प्रतिशत छुट उपलब्ध गराएको र उक्त छुटमध्ये समयसीमा भित्र कर बुझाएमा अर्को १० प्रतिशत अतिरिक्त छुट उपलब्ध गराएको जानकारी समेत संघले ज्ञापन पत्र मार्फत जानकारी गराएको छ । 
२०७५÷०७६ मा उपलब्ध ६५ प्रतिशत छुट रकम काठमाण्डौं महानगरपालिका र होटल संघ नेपालको सहकार्यमा आयोजना हुने गरी पर्यटन प्रवद्र्धनका लागि संयुक्त कोष स्थापना भएको संघले जनाएको छ ।

उक्त संयुक्त कोषबाट काठमाण्डौं महानगरपालिकालाई पर्यटनको केन्द्र बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख उच्च राख्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु तय गरिएको छ ।

महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि पनि कार्यक्रमहरु अगाडि बढाइरहेको जानकारी गराउँदै यस महान कार्यका लागि होटल संघ नेपाल काठमाण्डौंं महानगरपालिकासँग सहकार्य गरी अघि बढ्ने संघले जनाएको छ । 

यस्तै फोहोरमैला व्यवस्थापनको मूख्य समस्या भनेकै प्लास्टिकजन्य वस्तुहरु भएको हुँदा यसलाई न्यूनीकरण गर्ने उद्देश्यले होटल संघ नेपालले होटलहरुको कोठामा प्लास्टिकजन्य वस्तुहरु प्रयोग नगर्न होटल संघले जनाएको छ ।