२६ बैशाख, २०८१ बुधबार

06:27:38 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गण्डकीमा ६ अर्ब थपेर ३५ अर्ब ९० करोडको बजेट

Nepal Business

१ असार, २०७९

चालुतर्फ १३ अर्ब २६ करोड र पुँजीगततर्फ २२ अर्ब १४ करोड बजेट रहेको छ ।

गण्डकीमा ६ अर्ब थपेर ३५ अर्ब ९० करोडको बजेट

गण्डकी,
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्रदेशसभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गर्नुभएको हो  ।

प्रदेशसभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गर्नुभएको हो ।

आगामी आवको लागि बजेटको आकार बढेको छ । उहाँका अनुसार चालुतर्फ १३ अर्ब २६ करोड र पुँजीगततर्फ २२ अर्ब १४ करोड बजेट रहेको छ ।

बजेट चालु आर्थिक वर्षको भन्दा करिब ६ अर्ब रुपैयाँ बढी रहेको छ । चालु आवको लागि सरकारले ३० अर्बको बजेट ल्याएको थियो ।