२० माघ, २०८१ आइतबार

02:40:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश सरकारको बजेट, कृषि, उद्योग र पर्यटनलाई प्राथमिता

Nepal Business

१ असार, २०७९

सबैको बजेटको प्राथमिकतालाई मध्येनजर गर्दा सबैले कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिएको पाइन्छ ।

प्रदेश सरकारको बजेट, कृषि, उद्योग र पर्यटनलाई प्राथमिता

काठमाण्डौं । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट तयार गरेसँगै प्रदेश सरकारले पनि बजेट सार्वजनिक गरिरहेका छन् । संघीय संरचना अनुसार नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी तीन प्रकारका सरकार विद्यमान छन् । 

हाल नेपालका सातवटै प्रदेशले आ–आफ्नो बजेट सार्वजनिक गरिरहेका छन् । उनीहरुको सबैको बजेटको प्राथमिकतालाई मध्येनजर गर्दा सबैले कृषि, उद्योग र पर्यटनलाई प्राथमिकता दिएको पाइन्छ । नेपालले भोग्नु परेको विनाशकारी भुकम्प र विश्व महामारीको रुपमा फैलिएको कोरोनाको कारण शिथिल बनेको अर्थतन्त्रलाई पूनर्उत्थान गर्न यो बजेट प्रभावकारी हुने बताइएको छ । 

नेपालको वास्तविक र दीगो उत्पादनको क्षेत्र कृषि, उद्योग र पर्यटन नै हुन् । यिनैको स्थापना, उत्पादन र प्रवद्र्धनबाट रोजगारी र राजश्व दुवै अभिवृद्धि हुने देखिन्छ । आज प्राय सबै प्रदेशहरुले यिनै क्षेत्रलाई प्राथमिकता दिएर बजेट निर्माण गर्नु प्रशंसनीय मानिन्छ । 

हरेक प्रदेशले यि तीन क्षेत्रमा बजेटको ठूलो अंश विनियोजन गरेका छन् । लक्ष्य अनुरुप यसलाई परिचालन गर्दा ति क्षेत्र नेपालको दीगो विकासका लागि सहायक सिद्ध हुने कुरालाई नकार्न सकिदैन ।