२० माघ, २०८१ आइतबार

02:23:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

१ असार, २०७९

थप २५ जनामा कोरोना संक्रमण पुष्टि, १५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८५६ जनाको पीसीआर परीक्षण गर्दा १९ जना र १ हजार ४९ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको मृत्‍यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ९७ जना सक्रिय संक्रमित रहेका छन् ।