७ मंसिर, २०८१ शुक्रबार

07:48:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विवाह गर्न २० वर्ष कुर्नु पर्ने कुनै स्ट्याण्डर्डले देखाउँदैनः काूननमन्त्री कोइराला

Nepal Business

१ असार, २०७९

कानून मन्त्रालयले यस विषयमा पुनरावलोकनको गृहकार्य थालिसकेको उहाँले जानकारी दिनुभयो ।

विवाह गर्न २० वर्ष कुर्नु पर्ने कुनै स्ट्याण्डर्डले देखाउँदैनः काूननमन्त्री कोइराला

काठमाण्डौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताउनु भएको छ । यसर्थ कानून मन्त्रालयले यस विषयमा पुनरावलोकनको गृहकार्य थालिसकेको उहाँले जानकारी दिनुभयो ।

बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताउनु भयो।

हरेक मानिसले १६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाएको पाइदैन, मन्त्री कोइरालाले भन्नुभयो ।  

उहाँले भन्नुभयो, यस प्रकारको कानूनी प्रावधानले बरु अपराध बढाउने काम भइराखेको छ । बाल विवाहमा सजायँ दिने काम भैरहेको छ। त्यसैले यसलाई पुनरावलोकन गर्नुपर्छ ।   कानुन मन्त्रालयले पुनरावलोकनको प्रकृया थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।