२० माघ, २०८१ आइतबार

02:29:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनकपुर जान लागेको विमानका यात्रुसँग एक राउण्ड गोली भेटियो

Nepal Business

१ असार, २०७९

प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–७ की ३६ वर्षीय किरणकुमारी सिंहलाई पक्राउ गरेको छ ।

जनकपुर जान लागेको विमानका यात्रुसँग एक राउण्ड गोली भेटियो

काठमाण्डौं । काठमाडौंबाट जनकपुर जान लागेकी एकजना यात्रुको झोलामा एक राउण्ड गोली भेटिएको छ ।

नियमित चेकजाँचका क्रममा गोली भेटिएपछि प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका–७ की ३६ वर्षीय किरणकुमारी सिंहलाई पक्राउ गरेको छ । विमानस्थलको आन्तरिक उडानतर्फ प्रस्थान कक्षको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।

उनी बुद्ध एयरको उडानमार्फत जनकपुर जान लागेकी थिइन् । हाल उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, गौशाला पठाइएको छ ।