२० माघ, २०८१ आइतबार
02:19:00 AM
३१ जेठ, २०७९
प्रशोधनसहितको ढल प्रणाली ५० प्रतिशत पु¥याउनुपर्नेमा त्यो पूरा गर्न गाह्रो हुने देखिएको मन्त्री चौधरीले बताउनुभयो । हाल प्रशोधनसहितको ढल तीन प्रतिशत मात्रै रहेकाले त्यो प्राप्त गर्न कठिन हुने उहाँले बताउनुभयो ।
काठमाडौँ,
खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकासका लक्ष्यअन्तर्गत खानेपानी र सरसफाइका क्षेत्रमा आधारभूत खानेपानीको पहुँच, आधारभूत सरसफाइ र उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँचमा अपेक्षित लक्ष्य हासिल हुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले सन् २०३० सम्ममा सरकारले आधारभूत सरसफाइको पहुँच सतप्रतिशत पु¥याउने भन्दै खानेपानीको पहुँच पनि लक्ष्यअनुसार पु¥याउन सकिने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार आधारभूत खानेपानीको पहुँच सतप्रतिशत पु¥याउनुपर्नेमा हालसम्म ९४ प्रतिशत पुगेको छ । उहाँका अनुसार उच्च तथा मध्यमस्तरको खानेपानीमा पहुँच हाल ३२ प्रतिशत छ । त्यसमा मेलम्ची खानेपानी आयोजनाले थप्ने सात प्रतिशत जोड्न बाँकी छ । उहाँले भन्नुभयो, “केन्द्रीयस्तरका सञ्चालनमा रहेका र नयाँ आयोजना पूरा हुँदा लक्ष्य पूरा हुनेछ ।”
प्रशोधनसहितको ढल प्रणाली ५० प्रतिशत पु¥याउनुपर्नेमा त्यो पूरा गर्न गाह्रो हुने देखिएको मन्त्री चौधरीले बताउनुभयो । हाल प्रशोधनसहितको ढल तीन प्रतिशत मात्रै रहेकाले त्यो प्राप्त गर्न कठिन हुने उहाँले बताउनुभयो ।
ढलसम्बन्धी योजना, नीति र जनशक्ति कम रहेको उहाँको भनाइ थियो । आगामी दिनमा खानेपानीसँगै सरसफाइको योजना एकीकृतरूपमा अघि बढाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी आवमा एकीकृत गुरुयोजनाका लागि बजेट छुट्ट्याइएको छ ।”