२० माघ, २०८१ आइतबार

02:40:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाली सेनाको ‘अभ्यास हातेमालो–४’

Nepal Business

३१ जेठ, २०७९

विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनका लागि अभ्यास हातेमालो–४ गरिएको हो ।

नेपाली सेनाको ‘अभ्यास हातेमालो–४’

काठमाडौँ,

विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित र प्रभावकारी पार्ने उद्देश्यसहित नेपाली सेनाले सञ्चालन गरेको अभ्यास हातेमालो–४  सम्पन्न भएको छ ।

विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिको सहभागितामा उक्त अभ्यास गरिएको हो ।

विभिन्न मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिको सहभागितामा उक्त अभ्यास गरिएको हो ।

विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मूल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनका लागि अभ्यास हातेमालो–४ गरिएको हो ।

समापन समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले उक्त अभ्यास उपलब्धिमूलक रहेको र प्राकृतिक प्रकोपको दौरान व्यवस्थापकीय र सुरक्षा चुनौती रहने हुँदा एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने बताउनुभयो । 

उहाँले समन्वय तथा सहकार्यमा एकीकृत ढङ्गले अगघि बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने उल्लेख गर्नुभयो । 

प्रधानसेनापति शर्माले विपद् व्यवस्थापनका निमित्त दक्ष जनशक्ति उत्पादनका लागि नेपाली सेनाले राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय स्थापना गरेको पनि जानकारी दिनुभयो । 

दुई दिवसीय अभ्यासका दौरान विपद् व्यवस्थापनसम्बन्धी विविध विषयमा प्रस्तुतीकरणसहितको छलफल तथा अन्तरक्रिया र विभिन्न अभ्यास गरिएको थियो ।