२५ बैशाख, २०८१ मंगलबार

10:09:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्यात बढाउन निर्यात परिषदको १० बुँदे सुझाव

२१ पुस, २०७८

के के छन् सुझावहरु ?

निर्यात बढाउन निर्यात परिषदको १० बुँदे सुझाव

काठमाण्डौं
मुलुकको निर्यात बढाउन नेपाल निर्यात परिषद्ले १० बुँदे सुझाव दिएको छ । आफ्नो २४औँ वार्षिक साधारणसभा तथा छैटौँ निर्यात दिवसको अवसरका आयोजित एक कार्यक्रममा परिषद्ले १० बुँदे सुझाव अघि सारेको हो ।

परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निर्यातवृद्धिमा केही समस्या रहेको औँल्याउँदै समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो। कार्यक्रममा परिषद्का अध्यक्ष कार्कीले चालू आर्थिक वर्षको पाँच महिनाको आयातनिर्यातको अवस्था प्रस्तुत गर्नुभएको थियो । उहाँले चालू आर्थिक वर्षको पाँच महिनामा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड बराबरको वस्तु निर्यात भएको जानकारी दिनुभयो ।

भन्सार विभागको तथ्यांकअनुसार भटमास र पामतेल ५७ अर्ब ५८ कारोडको निर्यात भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ को तुलनामा निर्यात १०५.६१ प्रतिशतले बढेको देखिए पनि आयातका लागि पाँँच महिनामा मात्र ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख बाहिरिएको छ ।

यसैगरी सोही अवधिमा ७ खर्ब ३५ अर्ब ४८ करोड व्यापारघाटा भएको छ । नेपाली वस्तुहरुको अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धनको माध्यमबाट व्यवसायको स्थायित्य, संरक्षण, प्रवद्र्धन तथा दिगो विकास गर्न परिषद् अध्यक्ष कार्कीले सुझाव दिनुभयो । उहाँले समृद्ध नेपाल सुखी नेपाली हुने पकिल्पना साकार पार्न स्वदेशी उत्पादनहरुको उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने समेत बताउनु भयो।
परिषद्का १० बुँदे सुझावहरु
१ परिषद्ले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्य गर्नुपर्ने
२ निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा सहज हुने अनलाइन सिस्टम लागू गराउनुपर्ने 
३ करमुक्तिको घोषणा गर्नुपर्ने
४ निर्यातकर्तालाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने
५ एक्स्पोर्ट एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने
६ निर्यातमूलक उद्योग व्यवसायको लागि कम्तीमा १० वर्षसम्म विभिन्न प्रकारका छुट सुविधा उपलब्ध गराउनुपर्ने
७ विभिन्न देशका कूटनीतिक नियोग र दूतावासमार्फत नेपाली निर्यातयोग्य वस्तुको व्यापक प्रचार गर्नुपर्ने
८ विश्वव्यापी आधुनिक ल्याब स्थापना गर्नुपर्ने
९ निर्यातयोग्य वस्तुको भन्सार प्रणालीमा अनलाइन सिस्टम लागू गर्नुपर्ने
१० निर्यातकर्तालाई विनिमयदरमा कम्तीमा पनि १० रुपैयाँ बढाएर दिनुपर्ने ।