४ जेठ, २०८१ शुक्रबार

10:08:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषि मन्त्रीको आश्वासन १५ असारसम्म ८० हजार मेट्रिकटन मल आउने

Nepal Business

३१ जेठ, २०७९

किसानलाई रासायनिक मलको सट्टा नानो यूरिया मल प्रयोग गर्न पनि उहाँले सुझाउनु भयो ।

कृषि मन्त्रीको आश्वासन १५ असारसम्म ८० हजार मेट्रिकटन मल आउने

काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिनुभएको छ । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्टट्रेडिङलाई ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गनुभयो।

डीएपी र युरिया मल ८० हजार मेट्रिकटन १५ असारसम्म आउँछ, अहिले हामीसँग १४ हजार मेट्रिकटन छ, मन्त्री यादवले भने, भारतसँगको जीटूजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेका छौं । किसानलाई रासायनिक मलको सट्टा नानो यूरिया मल प्रयोग गर्न पनि उहाँले सुझाउनु भयो । 

संसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुंगो लागाउने पनि बताउनु भयो।

नेपालमा रासायनिक मल कारखाना खोल्ने मोडालिटि चाँडै टुंगिने अवस्थामा पुगेको बताउनु भएको छ । नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सरकारले यस वर्ष बजेट विनियोजन गरेको भन्दै उहाँले कारखानाको मोडालिटि टुङ्गयाउन छलफल भइरहेको बताउनु भयो।