२० माघ, २०८१ आइतबार

02:28:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

३१ जेठ, २०७९

राष्ट्रियसभाको बैठक असार २ गते बस्ने

काठमाडौं । राष्ट्रियसभाको बैठक आगामी असार १ गते बस्ने भनिएता पनि विशेष कारणले आगामी असार २ गते बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा मंगलबार जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ ।
 
सूचनामा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गर्नुभएको उल्लेख छ ।