२१ बैशाख, २०८१ शुक्रबार

04:54:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलर भाउ

३१ जेठ, २०७९

हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलर भाउ

काठमाडौं । सोमबार डलरको भाउमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकको अनुसार मंगलबार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी १ डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँ पुगेको हो ।

युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।