२० माघ, २०८१ आइतबार

02:38:15 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारी कार्यालयको समय हेरफेर (पूर्णपाठसहित)

Nepal Business

३१ जेठ, २०७९

सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै बुधबारदेखि सरकारी कार्यालयको समयमा हेरफेर

सरकारी कार्यालयको समय हेरफेर (पूर्णपाठसहित)

काठमाण्डौं । सरकारी कार्यालयको समय हेरफेर हुने भएको छ । असार १ गते (भोली) बुधबारदेखि लागू हुने गरी सरकारी कार्यालयको समय हेरफेर हुने भएको गृह मन्त्रालयले सूचना मार्फत जानकारी दिएको हो ।  

सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेसँगै बुधबारदेखि सरकारी कार्यालयको समयमा हेरफेर भएको हो ।

गृह मन्त्रालयका अनुसार असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुनेछ । 

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय संचालन हुनेछन्। शुक्रबार भने बिहान १० देखि दिउँसो ३ बजेसम्म मात्रै कार्यालय खुल्ने मन्त्रालय जारी गरेको सूचनामा उल्लेख छ।