२० माघ, २०८१ आइतबार

02:36:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विपद्को प्रतिकार्य योजना बन्यो, कोइरालाको नेतृत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन

Nepal Business

३० जेठ, २०७९

दुई खण्डमा बाँडिएको कार्ययोजनाको पहिलो खण्डमा जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आंकलन, विगतका मनसुनको पूर्वतयारी तथा प्रतिकार्यको समीक्षा र दोस्रो खण्डमा संघीय मन्त्रालय तथा निकायहरु र विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना छ ।

विपद्को प्रतिकार्य योजना बन्यो, कोइरालाको नेतृत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन

काठमाडौं
मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ ।

विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार सिंहदबारमा बसेको १३ औं बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमाण्ड टोली गठन गरेकोहो ।

विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार सिंहदबारमा बसेको १३ औं बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमाण्ड टोली गठन गरेकोहो ।

कार्ययोजनामा यस वर्षको मनसुनजन्य विपद्को जोखिम अवस्थाको विश्लेषण तथा प्रभाव आंकलन, मन्त्रालयगत तथा विषयगत क्षेत्रको जिम्मेवारीका साथै आपतकालीन संचालन कोष तथा सामग्रीहरुको मौज्दात विवरण समेटिएको छ ।

दुई खण्डमा बाँडिएको कार्ययोजनाको पहिलो खण्डमा जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आंकलन, विगतका मनसुनको पूर्वतयारी तथा प्रतिकार्यको समीक्षा र मन्त्रालय तथा विषयगत क्षेत्रको जिम्मेवारी समेटिएको छ ।

त्यस्तै, दोस्रो खण्डमा संघीय मन्त्रालय तथा निकायहरु र विषयगत क्षेत्रको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना छ ।

कार्ययोजनाकोप्रभावकारी कार्यान्वयन गर्न र मनसुनजन्य विपद्को व्यवस्थापनलाई कार्यान्वयन तहमा प्रभावकारी समन्वय र सहकार्य गर्न मनसुन अवधिभरका लागि बैठकलेगृह मन्त्रालयकोविपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ ।

टोलीमा संचार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जल तथा मौसम विज्ञान विभाग, सडक विभाग, जनस्रोत तथा सिंचाई विभागका प्रतिनिधिहरु रहेका छन्।
बैठकमा गृहमन्त्री खाणले मनसुनजन्य विपद्का घटनाहरुबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न सम्बन्धित मन्त्रालय, विषयगत निकायहरु तथा सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

बैठकमा विषयगत मन्त्रीहरुको समेत सहभागिता थियो ।