४ जेठ, २०८१ शुक्रबार

10:54:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अतिक्रमित भूभाग भोग चलनमा ल्याउने पहल जारी : भूमिमन्त्री श्रेष्ठ

Nepal Business

३० जेठ, २०७९

सम्मानित सदनबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभाग नेपालको सार्वभौम भूमि रहेको विषय एकमतले पारित भैसकेको ऐतिहासिक तथ्य हुँदा हुँदै यस विषयमा थप शंका, उपशंका गरिरहनुपर्ला र ?, कतै हामी आफैँमाथि अविश्वास त गरिरहेका छैनौं ?’ मन्त्री श्रेष्ठले सांसदहरुलाई उल्टै प्रश्न गर्नुभयो ।

अतिक्रमित भूभाग भोग चलनमा ल्याउने पहल जारी  : भूमिमन्त्री श्रेष्ठ

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता जमिन नेपालको भोग चलनमा ल्याउने पहल भइरहेको बताउनुभएको छ । 

विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको सोमबार जवाफ दिँदै मन्त्री श्रेष्ठले  यी भूमीहरु नेपालको हो भन्नेमा आशंका नर्गन अनुरोध गर्नुभयो ।

विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको सोमबार जवाफ दिँदै मन्त्री श्रेष्ठले  यी भूमीहरु नेपालको हो भन्नेमा आशंका नर्गन अनुरोध गर्नुभयो ।

‘यसै सम्मानित सदनबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका भूभाग नेपालको सार्वभौम भूमि रहेको विषय एकमतले पारित भैसकेको ऐतिहासिक तथ्य हुँदा हुँदै यस विषयमा थप शंका, उपशंका गरिरहनुपर्ला र ?, कतै हामी आफैँमाथि अविश्वास त गरिरहेका छैनौं ?’ मन्त्री श्रेष्ठले सांसदहरुलाई उल्टै प्रश्न गर्नुभयो ।

सांसदहरुबाट कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा कहिले आउँछ ? भनी सदनमा पटक पटक प्रश्न उठेको थियो ।
मन्त्री श्रेष्ठले ती भाग नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त रहेको बताउनुभयो ।