८ मंसिर, २०८१ शनिबार

12:40:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रमिकको हकलाई पूर्ण रुपमा कार्यन्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री देउवा

Nepal Business

२९ जेठ, २०७९

संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

श्रमिकको हकलाई पूर्ण रुपमा कार्यन्वयन गर्न सरकार प्रतिवद्धः  प्रधानमन्त्री देउवा
काठमाण्डौं । प्रधानमन्त्री सभापति शेरबहादुर देउवाले श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने प्रतिवद्धता जनाउनुभएको छ । 
 
आइतबार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।
 
उहाँले श्रमिकको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति संविधानले गरेको धारणा राख्नुभयो ।
 
प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा कोभिड नियन्त्रणमा आएपनि रुस युक्रेन द्धन्द्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिरहेको र यसको प्रभाव सवै क्षेत्रमा देखिएको उल्लेख गर्नुभयो ।
 
ट्रेड युनियनले राखेका मागहरु सकारात्मक रहेको र बजेटमा समावेश नभएका बिषयलाई सम्बोधन गर्ने उहाले बताउनुभयो ।
 
यसैगरी प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नागरिकलाई सामाजिक सुरक्षा कोषबाट संचालित सामाजिक सुरक्षा योजनाहरुलाई क्रमश आवद्ध गर्दै लैजाने बताउनुभयो ।