२२ माघ, २०८१ मंगलबार

11:42:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ निर्वाचित

२१ पुस, २०७८

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ निर्वाचित

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा सुरेशमान श्रेष्ठ निर्वाचित हुनुभएको छ। देशभरका सुनचाँदी तथा रत्न, पत्थर व्यवसायीहरुको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको अध्यक्षमा श्रेष्ठ र्निविरोध निर्वाचित हुनुभएको हो ।

यहि २४ पुस मा हुन गइरहेको वार्षिक साधारण सभाको निर्वाचनका लागि मंगलबार २ बजेसम्म उम्मेदवारी दिनुपर्ने थियो । सो अवधिभित्र उहाँको मात्र अध्यक्षमा उम्मेदवारी परेपछि उहाँ निर्विरोध अध्यक्ष हुनुभएको हो। श्रेष्ठ रत्न तथा आभूषण संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । उहाँ म्यारीगोल्ड ज्वेलर्सका संचालक समेत रहनुभएको छ ।

महासंघका पूर्व अध्यक्ष स्वर्गीय रमेश महर्जनको केही महिना अगाडि निधन भए पश्चात उक्त पद खाली रहेको थियो ।