२० माघ, २०८१ आइतबार
02:18:31 AM
२९ जेठ, २०७९
शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिइने
काठमाण्डौं । अहिले काठमाण्डौं महानगरपालिका सार्वजनिक शौचालय बनाउने तर्फ लागि परेको छ । जस अन्तर्गत महानगरपालिकाले थप १० वटा नयाँ स्मार्ट शौचालय सञ्चालनमा ल्याउने भएको छ ।
महानगरमा सार्वजनिक शौचालयको सास्ती खेपी रहेका नागरिकहरुका लागि महानगरले १० वटा सार्वजनिक स्मार्ट शौचालय सञ्चालन गर्न लागेको महानगरका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो ।
आइतबार बसेको काठमाण्डौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा बोल्दै मेयर साहले भन्नुभयो, ‘१० वटा नयाँ ट्वाइलेट सञ्चालनमा ल्याइने छ ।’
काठमाण्डौं महानगरका केहि रेष्टुरेन्ट, बैंक, तथा कर्पोरेट कम्पनीले आफ्नो कार्यालयमा रहेका शौचालयलाई सार्वजनिक बनाएका छन् । बैठकमा उहाँले शौचालय प्रयोग गर्न दिने संस्थालाई कर छुट नदिइने समेत बताउनुभयो ।
उहाँले आफ्नो शौचालय सर्वसाधरणलाई प्रयोग गर्न दिने संस्थाहरुलाई हरेक चार–चार महिनामा महानगरले सरसफाई सामाग्री उपलब्ध गराउने बताउनुभयो ।