२२ माघ, २०८१ मंगलबार

11:44:02 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रिय सभा निर्वाचनमा एक उम्मेदवारले बढीमा साँढे ३ लाख खर्च गर्न पाउने

Nepal Business

२१ पुस, २०७८

राष्ट्रिय सभा निर्वाचनमा एक उम्मेदवारले बढीमा साँढे ३ लाख खर्च गर्न पाउने


पुस २१, काठमाण्डौं
राष्ट्रिय सभा निर्वाचनका लागि एक उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार प्रसार, सवारी साधन, भेला गोष्ठी लगायतका विभिन्न शीर्षकमा गरि ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन्।

उम्मेदवारले सबैभन्दा धेरै खर्च गर्न पाउने शीर्षकमा गोष्ठी तथा अन्तरक्रिया रहेको छ। जसमा १ लाख रुपैयाँ खर्च गर्न पाउने छन्। सवारी साधन खरिद वा भाडामा लिन र त्यसमा लाग्ने इन्धनको लागि ८० हजार रुपैयाँ खर्च गर्न पाउने छन्।

कार्यालय सञ्चालनका लागि ७० हजार रुपैयाँ खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालन र विविध शीर्षकमा ६० हजार रुपैयाँ खर्च गर्न पाउने छन्।

विद्युतीय तथा छापा माध्यम समेत गरेर प्रचार प्रसारमा २९ हजार रुपैयाँ खर्च गर्न पाउने छन्। १ हजार रुपैयाँ भने मतदाता नामावली खरिद गर्न खर्च छुट्ट्याइएको हो।