२० माघ, २०८१ आइतबार

02:19:53 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सीमित स्रोत साधनबीच सशस्त्र प्रहरीको उत्कृष्ट काम : गृहमन्त्री खाण

Nepal Business

२८ जेठ, २०७९

गृहमन्त्री खाणले स्थापनाकालदेखि नै सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले प्राकृतिक विपद्मा नागरिकको जीवनरक्षा गर्नेजस्ता महत्वपूर्ण काम गर्दै आएकामा धन्यावाद दिनुभयो ।

सीमित स्रोत साधनबीच सशस्त्र प्रहरीको उत्कृष्ट काम : गृहमन्त्री खाण

मुग्लिन,
गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत र साधनका बीच  पनि  सशस्त्र प्रहरीले उत्कृष्ट कार्य गरिरहेको बताउनुभएको छ । 

चितवनको  इच्छाकामना–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा शनिबार गोताखोर तालिमको समापन कार्यक्रममा उहाँले सीमित स्रोत साधनबीच पनि छोटो समयमै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयले सयौँ मानिसको ज्यान बचाउन सफल भएको बताउनुभएको हो । 

गृहमन्त्री खाणले भन्नुभयो, “यस विपद् तालिम शिक्षालयले छोटो समयमै  सयौँ नागरिकको जीवन बचाउने काम गरिरहेको छ, तथापि साधन र स्रोतको सीमाका कारणले पूर्ण क्षमताको काम गर्न सकेको छैन ।”

उहाँले  आवश्यक स्रोत साधनका साथै प्रशिक्षकलाई थप सेवा–सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन शिक्षालयका लागि आवश्यक स्रोत साधन उपकरण, प्रशिक्षकलाई थप सेवा–सुविधा बढाउनुपर्ने देखिएको छ, त्यसका लागि मन्त्रालय र प्राधिकरणले आवश्यक कार्य गर्नुपर्छ ।”

गृहमन्त्री खाणले स्थापनाकालदेखि नै सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले प्राकृतिक विपद्मा नागरिकको जीवनरक्षा गर्नेजस्ता महत्वपूर्ण काम गर्दै आएकामा धन्यावाद दिनुभयो । 

साथै उहाँले कुरिनटारस्थित त्रिशूली नदीमा गोताखोर तालिमको डेमो र यस शिक्षालयमा रहको ट्रमा सेन्टरको अवलोकन गर्नुभएको थियो ।