२० माघ, २०८१ आइतबार

02:40:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दाङमा प्रहरी हुँ भन्दै पैसा असुल्ने पक्राउ

Nepal Business

२८ जेठ, २०७९

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् ।

दाङमा प्रहरी हुँ भन्दै पैसा असुल्ने पक्राउ

दाङ । दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका– १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ ।

बिहीबार राति सई हुँ भन्दै बजारमा पैसा माग्दै हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी) सुरेशप्रसाद काफ्लेले बताउनु भयो ।

उनीमाथि थप कानुन प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।