७ मंसिर, २०८१ शुक्रबार

12:09:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

५ करोडको सुन्तला, कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाए

Nepal Business

२१ पुस, २०७८

५ करोडको सुन्तला,  कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाए

बलेवा, २१ पुस 

तनहुँको बिहुँबाट यस वर्ष मात्रै ५ करोड भन्दा बढिको सुन्तला वित्रिलवितरण भएको छ । सुन्तला उत्पादनमा राम्रो सम्भावना बोकेको यस क्षेत्रबाट हरेक वर्ष करोडौँ मूल्य बरावरको सुन्तला निर्यात हुन्छ । यहाँका किसानले करिब ३० हेक्टर जमिनमा सुन्तला लगाएको वडाध्यक्ष युक्तप्रसाद कँडेलले बताउनुभयो । यो वर्ष पनि एक मेट्रिक टन सुन्तला फलेको किसानको अनुमान छ । सहकारीले प्रतिकिलो  ५० का दरले किसानको सुन्तला खरिद गरेको छ । एक मेट्रिक टन सुन्तला बजार पुग्दा पाँच करोड बिहुँ भित्रिने किसानको आशा छ । “प्रदेश सरकारको सहयोगमा शीतभण्डार निर्माण भएपछि फलेको सुन्तलामध्ये केही अशंले राम्रो मूल्य पाउँछ,” किसान कँडेलले भन्नुभयो, “उत्पादक किसानकै सहकारी भएकाले गर्मीयाममा पर्ने मूल्यमा खर्च कटाउँदा आउने मुनाफा पनि किसानले नै दामासाहीले पाउँछन् ।”

सहकारीलाई केही सस्तो मूल्यमा बिक्री गरेका किसानले व्यापारीलाई भने केही मूल्य बढाएर बिक्री गर्ने योजना बनाएका छन् । काठमाडौँ, धादिङ, पोखरा र भैरहवाबाट आएका व्यापारीले बिहुँमै बसेर सुन्तला कुरेको किसान बलानन्द कँडेलले बताउनुभयो ।

बिहुँको सुन्तला अन्य ठाउँको भन्दा रसिलो हुने भएकाले व्यवसायीले यहाँको सुन्तलामा बढी चासो दिने गरेको अनुभव किसानको छ । 
यहाँका किसानले खेतबारीमा रहेका रूखहरु फँडानी गरेर सुन्तलाको बगान थप व्यवस्थित बनाएका छन् । बगानमै पुग्ने डोके व्यापारीले यहाँको सुन्तला मङ्सिरदेखि नै सडक छेउमा राखेर बिक्री गर्दै आएका छन् । उनीहरुले समेत बगानबाट प्रतिकिलो ५० मा उठाएको सुन्तला बजारमा  १०० का दरले बिक्री गर्ने गरेका छन् । परम्परागत खेती छोडेर व्यावसायिक सुन्तला खेतीमा लागेका किसानले पुराना बिरुवाको कलमी र नयाँ बिरुवा रोप्ने कामलाई समेत निरन्तरता दिएको वडाअध्यक्ष कँडेलले बताउनुभयो ।
काठेखोला गाउँपालिकाले बिहुँलाई सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरेर किसानलाई सहयोग गर्दै आएको छ । “हामीले एक वडा एक उत्पादनअन्तर्गत बिहुँमा सुन्तला उत्पादनलाई प्रोत्साहन गरेका छौँ, बिहुँको सुन्तला पनि हाम्रो गाउँपालिकामा आम्दानीका स्रोतमध्येको एक हो,” गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो, “किसानलाई बिरुवा, मल, प्रविधि र कीटनाशक औषधिमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ ।”
“किसानहरुको सक्रियतामा चलेको सहकारी पहिलो प्राथमिकतामा छ, त्यसपछि हामी व्यापारीलाई सुन्तला बगान दिन्छौँ”, उहाँले भन्नुभयो, “अब फुल्ने बेला हुनै लाग्यो, सबै सुन्तलाका बोट खाली गर्नुपर्छ ।” बारीभरि लटरम्म फलेको सुन्तला यहाँका किसानको मुख्य आयस्रोत हो । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर किसानले सुन्तलाको बगान बनाएका छन् ।

रासस