८ मंसिर, २०८१ शनिबार
12:37:56 AM
२८ जेठ, २०७९
मन्त्रालयले शनिबार उहाँलाई पर्यटन दूतमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेको छ ।
काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्र प्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ ।
नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । मन्त्रालयले शनिबार उहाँलाई पर्यटन दूतमा नियुक्त गरिएको नियुक्तिपत्र प्रदान गरेको छ ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले शाहलाई पर्यटन दूतमा नियुक्त गरेको नियुक्तिपत्र हस्तान्तरण गर्नु भएको छ। शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने बताइएको छ ।
शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत रहनु भएको छ । यसैगरी उहाँले गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ ।
शाहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको मन्त्रालयले जनाएको छ ।