८ मंसिर, २०८१ शनिबार

12:54:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्थानीय निर्वाचनको समीक्षा गर्न नेकपा एमाले कार्यलय समितिको बैठक बस्दै

Nepal Business

२८ जेठ, २०७९

एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।

स्थानीय निर्वाचनको समीक्षा गर्न नेकपा एमाले कार्यलय समितिको बैठक बस्दै

काठमाण्डौं । नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्दैछ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको हो ।

कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । यसैगरी एमालेले ३० जेठमा सचिवालय समितिको बैठक बोलाएको एक नेताले जानकारी दिनु भयो ।

नेकपा एमालेले पार्टीभित्रको अन्तर्घात र सत्तारुढ गठबन्धनले धाँधली गरेका कारण चुनावमा पराजय व्यहोर्नुपरेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।