२५ बैशाख, २०८१ मंगलबार

01:40:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

फेरी बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ? (पूणपाठसहित)

Nepal Business

२७ जेठ, २०७९

छिल्लो मूल्य समायोजनामा आधार लिइएको मूल्यभन्दा ७.८४ प्रतिशतले इन्धनको मूल्य बढेकाले भाडा बढाइएको

फेरी बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ? (पूणपाठसहित)

काठमाण्डौं । सार्वजनिक यातायातको भाडादर पुनः बढेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको पनि भाडादर बढेको हो । 

यातायात व्यवस्था विभागले शुक्रबारदेखि लागू हुने गरी सार्वजसनक यातायातको भाडादर ३.७ प्रतिशतसम्म बढाइएको जानकारी दिएको हो । 

विभागका अनुसार मूल्य समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था अनुसार भाडा बढाइएको हो । 

पछिल्लो मूल्य समायोजनामा आधार लिइएको मूल्यभन्दा ७.८४ प्रतिशतले इन्धनको मूल्य बढेकाले भाडा बढाइएको विभागले जनाएको छ । 

यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सावरी साधनमा ३.३ प्रतिशत र तराईको बोटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.७ प्रतिशतले भाडा बढाइएको विभागले जानकारी दिएको छ ।