८ मंसिर, २०८१ शनिबार
12:21:20 AM
२७ जेठ, २०७९
सरकारले यो वर्ष मात्र ४० देखि ४५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न लागेको मन्त्री शर्माको भनाइ छ ।
काठमाण्डौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व वृद्धि गरी मुलुकलाई आत्मनिर्भर नबनाएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था आइरहने बताउनु भएको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसितबाट विकासोन्मुखमा स्तर उन्नती गर्ने लक्ष्य राखेकाले त्यसका लागि अर्बौं लगानी गर्नु पर्ने उहाँको भनाइ छ ।
सरकारले सन् २०२६ सम्म विकसित मुलुक बनाउने लक्ष्य पूरा गर्न ऋण लिनु पर्ने आवश्यक रहेको मन्त्री शर्माले बताउनु भयो । उहाँले परियोजनाहरुमा ऋण लिने र खर्च गर्ने परिपाटी बदल्नु पर्ने आवश्यकता रहेको बताउनु भयो।
सरकारले लिएको धेरै ऋण उत्पादन मुलक नभएर खर्च बढाउने खालको रहेको उहाँको भनाइ थियो ।
मन्त्री शर्माले अहिले आन्तरिक र वाह्य ऋण गरी १७ खर्ब ३७ अर्ब ऋण रहेको बताउनु भयो । सरकारले यो वर्ष मात्र ४० देखि ४५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न लागेको मन्त्री शर्माको भनाइ छ ।
उनले ऋण भुक्तानी गर्नु परेकाले अहिलेको बजेटमा पूँजीगत खर्च भन्दा चालु खर्चमा वित्तीय व्यवस्थापन धेरै भएको बताउनु भयो ।