१७ बैशाख, २०८१ सोमबार

10:58:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

Nepal Business

२१ पुस, २०७८

तनहुँमा नवजात शिशुसहित दुई मृत फेला

दमौली, पुस २१ गते ।

तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उहाँले बताउनुभयो । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ । मन्दिर नजिकैको धर्मशालाको पेटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।