२० माघ, २०८१ आइतबार
04:34:45 AM
२७ जेठ, २०७९
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको भाउ १२४ रुपैयाँ ७३ पैसासम्म पुगेको
काठमाण्डौं । अमेरिकी डलरको अहिलेसम्मकै उच्च भएको छ । शुक्रबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ७३ पैसा पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी १ डलरको भाउ १२४ रुपैयाँ ७३ पैसासम्म पुगेको छ। एक महिनायता मात्रै डलरले ४ पटक सर्वाधिक उचाइलाई छोइसकेको छ।
रुस–युक्रेन युद्धका साथै संसारभरका अधिकांश केन्द्रीय बैंकले ब्याजदर वृद्धिको नीति लिएपछि डलर महँगिएको विश्लेषण गर्न थालिएको छ ।
रेमिटेन्स कम आएर अप्ठेरो परिरहेको नेपाललाई डलरको बढेको रेटले राहत दिन सक्छ। वैदेशिक रोजगारीमा गएकालाई बढेको दरले आकर्षित गर्ने छ।
विगतमा पनि डलरको भाउ सार्वधिक उचाइमा पुगेको थियो। तर लगत्तै घट्ने गरेको थियो। यसपाली भने सर्वाधिक उचाइ तोड्दै निरन्तर माथि उक्लिरहेको छ।