२० माघ, २०८१ आइतबार
04:29:44 AM
२७ जेठ, २०७९
विभागले चालु आर्थिक वर्षको हालसम्म कुल २७१३ फर्ममा अनुगमन गरी विभिन्न १२०१ फर्मबाट कारबाही स्वरुप उक्त रकम जरिवाना संकलन गरेको हो ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२०१ फर्महरूलाई कारबाही स्वरुप १ करोड ५० लाख ८६ हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागले चालु आर्थिक वर्षको हालसम्म कुल २७१३ फर्ममा अनुगमन गरी विभिन्न १२०१ फर्मबाट कारबाही स्वरुप उक्त रकम जरिवाना संकलन गरेको हो । जेठ महिनाको २५ गतेसम्म मात्रै विभागले २७६ फर्मलाई अनुगमन गरी १६ लाख जरिवाना र बैशाख महिनामा ३०२ फर्महरूलाई अनुगमन गरी १६ लाख ३५ हजार रुपैँया जरिवाना तिराएको छ ।
त्यसैगरी २०७८ को चैत्र महिनामा विभिन्न १५१ फर्महरूलाई अनुगमन गरि २१ लाख ४० हजार र फागुन मसान्तसम्म विभिन्न १९७९ फर्महरूलाई अनुगमन गरी ९७ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
विभागले हाल अत्यावश्यकीय उपभोग्य वस्तुहरू सहित मूल्य, गुणस्तर तथा मौज्दातसँग सम्बन्धित उच्च जोखिम भएका वस्तु, फर्म तथा क्षेत्रमा अनुगमन केन्द्रित गरेको छ ।