८ मंसिर, २०८१ शनिबार
04:01:38 PM
२० पुस, २०७८
२०, पुस । काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिनुभएको छ ।
दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई मन्त्री आलेले आज मन्त्रालयमा बोलाई त्यहाँ निर्माण भइरहेको रेस्टुरेण्टको काम तत्काल रोक्न मौखिक निर्देशन दिनुभएको हो । मन्त्री आलेको निर्देशनपछि नारायणहिटी दरबार समितिले बि म्यानेजमेन्ट प्रालिलाई पत्र लेखेर अर्को आदेश नभएसम्मका लागि काम रोक्न निर्देशन दिएको कार्यकारी निर्देशक दाहालले जानकारी दिनुभयो ।
समितिले सङ्ग्रहालयका १० रोपनी जमिनमा रेस्टुरेण्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।
समितिले सङ्ग्रहालयका १० रोपनी जमिनमा रेस्टुरेण्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो । पुरातात्विक क्षेत्र मानिएको नारायणहिटी दरबार सङ्ग्राहालयभित्र रेस्टुरेण्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो ।