२० माघ, २०८१ आइतबार
04:48:59 AM
२६ जेठ, २०७९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पीसीआर परिक्षण गर्दा १२ र एन्टीजेन परिक्षण गर्दा १० गरी थप २२ जनामा कोरोना संक्रमण पुष्टिभएको हो ।
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन् । हाल सक्रिय संक्रमितको संख्या ११२ जना रहेका छन् ।