८ मंसिर, २०८१ शनिबार
12:58:12 AM
२६ जेठ, २०७९
‘स्थानीय निर्वाचनमा चुनाव चिन्ह भएको लौरो अहिले नुवाकोटे जनताको टाउको ढाडमा बज्रिन पुगेको छ,’
काठमाडौं । नेकपा एमालेका नेता नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थापनका नाममा नुवाकोटे जनतामाथि दमन भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा खतिवडाले बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका नाममा प्रहरीले दमन गरेको बताउनुभएको हो ।
नेता खतिवडाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गर्नुभयो ।
‘स्थानीय निर्वाचनमा चुनाव चिन्ह भएको लौरो अहिले नुवाकोटे जनताको टाउको ढाडमा बज्रिन पुगेको छ,’ उहाँले भन्नुभयो, ‘फोहोर व्यवस्थापनका नाममा १७ वर्षदेखि नुवाकोटे जनताको नाममा जुन बेथेती भएको छ, स्थानीय जनताको जाजय माग सुनेर फोहोर व्यवस्थापन होस् ।’
बुधबार काठमाडौंको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा जाँदै गर्दा स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको थियो । सोही झडपतर्फ संकेत गर्दै खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङ जिल्लाको धुनीबेसीमा पर्ने बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरुमाथि प्रहरी दमन भएको छ ।