११ मंसिर, २०८१ मंगलबार

10:59:01 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न ,फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ?

२६ जेठ, २०७९

काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना भएकोले यसको उचिल व्यबसथापन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न ,फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ?

काठमाडौं । एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंमा फोहोर उठाउन नसक्ने सरकारले कसरी आर्थिक विकास गर्छ ? भनेर प्रश्न गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद रावलले काठमाडौंको फोरोर व्यबसथापन महानगरको मात्र जिम्मेवारी नभइ सरकारको पनि रहेको बताउनुभएको छ । उहाँले ठूलाठूला कुरा गरेर मात्र नहुने भन्दै फोरोर व्यबसथापनमा सरकार पन्छिन नमिल्ने बताउनुभएको हो ।

सांसद रावलले काठमाडौंमा फोहोर नउठेर संकटकालको अवस्था सिर्जना हुँदा पनि सरकार मौन बसेको आरोप लगाउनुभएको छ ।  उहाँले काठमाडौंमा थुप्रिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर संकट निम्तिने अवस्था सिर्जना भएकोले यसको उचिल व्यबसथापन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।