८ मंसिर, २०८१ शनिबार

12:20:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विदेशबाट भित्रिएका सीपको तथ्यांक लिएर उत्पादनमा लगाऔँः गिरिराजमणि

Nepal Business

२६ जेठ, २०७९

पोखरेलले लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्न आग्रह गर्नुभयो ।

विदेशबाट भित्रिएका सीपको तथ्यांक लिएर उत्पादनमा लगाऔँः गिरिराजमणि
काठमाण्डौँ । प्रतिनिधिसभामा विहिबार पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वैदेशिक रोगजारीबाट फर्किएकाहरुको सीपको तत्याङ्क लिन जरुरी रहेको औँल्याउनुभएको छ ।
 
त्यसका लागि सफ्वेयर बनाएर काम गर्न उहाँल्ले सुझाव दिनुभयो । उहाँले उनीहरुको सीप र पुँजीलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । अर्थमन्त्रालयका धेरै खर्च कटौती गर्न पनि पोखरेलले माग गर्नुभयो । 
 
पोखरेलले लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्न आग्रह गर्नुभयो । खानेपानीको सन्दर्भमा मधेश प्रदेशमा बजेट कम किन परेको हो भनी उहाँले प्रश्न गर्नुभयो ।
 
उहाँले जलवायु अनुकुलन वृहत खानेपानी भन्ने शिर्षकमा ३ अर्ब बढी छुट्याइएको भएपनि मधेशमा न्युन रहेको गुनासो गर्नुभयो ।  
 
उहाँले भन्नुभयो, ढल निर्माण तथा सुधारका लागि १० लाख मात्रै बजेट छ के गर्नु खोजिएको हो ।